कोभिड–१९ र बन्दाबन्दीको समयमा बालबालिकाको सुरक्षा र संरक्षण

29May

कोभिड–१९ र बन्दाबन्दीको समयमा बालबालिकाको सुरक्षा र संरक्षण

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण हामी लामो बन्दाबन्दीबाट सिर्जित कठिनाईहरूको सामना गरिरहेका छौं । दिनहुँ संव्रmमितहरूको संख्यामा वृद्धि भैरहेको छ । यसव्रmममा जेठ २ गते एकजना सुत्केरी महिलाको तथा जेठ ४ गते एक जना युवकको कोरोना कै कारण दुःखद निधन भएबाट हामी अझ गम्भीर भएकाछौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनालाई उद्धृत गर्दै राष्ट्रिय बालअधिकार परिषद्बाट प्राप्त जानकारी अनुसार ४ जेष्ठ २०७७ विहानसम्ममा मुलुकभरी ३९ जना बालबालिका कोरोना संव्रmमित भएको पुष्टि भएकोछ । जसमध्ये २८ बालक र ११ जना बालिकाहरू रहेका छन् र उनीहरू आइसोलसनमा रहेर उपचार गराइरहेका छन् । कैयौं बालबालिका आफ्ना परिवारसँगै क्वारेन्टिनमा बसिरहेका छन् । सीमाक्षेत्रमा रोकिएका परिवारका बालबालिकाको अवस्था पनि चुनौतीपूर्ण बनिरहेको छ । यस परिस्थितिमा संव्रmमित बालबालिकाको संख्या बढ्ने व्रmममा रहेको छ भने कोरोना महामारी र यसकै कारण सरकारले घोषणा गरेको बन्दाबन्दीको गलत फाईदा उठाउँदै समाजका केहि अपराधिक मानसिकता बोकेका व्यक्तिहरूबाट भैरहेका वा हुनसक्ने बालबालिका विरुद्धका अपराधजन्य कार्यबाट उनीहरूको संरक्षण गर्नु झनै ठूलो चुनौतीको रूपमा देखापरेको छ ।

हाम्रो अगाडि रहेको कोरोना संक्रमित बालबालिकाको पछिल्लो तथ्यांक र विकसित अवस्था प्रतिबालअधिकारको क्षेत्रको अग्रणी संस्था सिविन—नेपाल चिन्तित भएको छ । यहि बन्दाबन्दीकै बीच रोल्पामा बेवारिसे बम पड्कँदा ४ जना निर्दोष बालबालिकाको अकालमा ज्यान गएको समाचार आउनु हामी सबैका लागि अर्को पीडादायी खबर बन्न पुगेको थियो ।

यस बन्दाबन्दीको अवधि (चैत्र २४, २०७६ देखि २०७७ जेठ ४ गतेसम्म) मा सिविनद्वारा सञ्चालित बाल हेल्पलाइनहरुबाट समस्या र जोखिममा परेका ४१२ जना बालबालिकाले आपत्कालिन सेवा प्राप्त गरेका छन् । यिनीहरुमध्ये १६ जना बालिकाहरु यौन दुव्र्यवहार तथा शोषणमा परेका, ३८ जना बालबालिकामाथि हिंसा भएको र २० जनाको बालविवाह भएको पाइएकोछ । प्रहरीको सूचना अनुसार यस अवधिमा दर्ता भएका बलात्कारका घटनाहरूमा ७५ प्रतिशत १८ वर्ष मुनिका बालिकाहरू रहेको तथ्यले बन्दाबन्दीको अहिलेसम्मको अवधिमा समाजमा बालिका तथा किशोरीहरू थप जोखिममा परिरहेको प्रष्ट भएको छ । बालबालिका वरिपरीको पारिवारिक तथा सामाजिक भयको वातावरणको प्रभाव उनीहरूको मानसिक स्वास्थ्यमा समेत परिरहेको र उनीहरूमा बेचैनी बढिरहेको तथ्य बाल हेल्पलाइनहरुमा बालबालिकाबाट आउने फोनहरूबाट नै अनुमान लगाउन सकिन्छ । यस अवधिमा सिविन—नेपालद्वारा देशका विभिन्न भागमा सञ्चालित बाल हेल्पलाइनहरू १०९८ मा दैनिक करिब ४०० भन्दा बढी फोनहरू आइरहेका छन् र यसमध्ये उल्लेख्य संख्यामा बालबालिकाले फोन गर्ने गरेका छन् ।

यस विपद्को घडिमा बालबालिकालाई कोरोना संव्रmमणबाट जोगाउनु हाम्रो पहिलो प्राथमिकता हो । यसर्थ यस समयमा बालबालिका विरुद्ध हुनसक्ने घरेलु, लैङ्गिक तथा यौन हिंसा, दुव्र्यवहारका साथै शारीरिक तथा मानसिक स्वास्थ्यबाट बालबालिकालाई जोगाउनका लागि देशमा विद्यमान बालसंरक्षणसम्बन्धी संरचनाहरु थप चलायमान हुनुपर्दछ । यस समयमा अभिभावक तथा समुदायलाई बालबालिकाको संरक्षण र सुरक्षाका लागि सचेत र जागरूक बनाइनु पर्दछ । यस कार्यका लागि नागरिक संघसंगठनहरू र नेपाल सरकार विशेषगरी स्थानीय सरकारहरूको समन्वयात्मक भूमिका अपरिहार्य भएको छ । यस अवस्थालाई मध्यनजर गरी नेपाल सरकारसँगको साझेदारीमा देशका ६ प्रमुख शहरहरू व्रmमशः धनगढी, नेपालगञ्ज, पोखरा, हेटौंडा, काठमाडौं र विराटनगरमा सिविनद्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ मार्फत लकडाउनको अवस्थामा पनि कोरोना संव्रmमणबाट बालबालिकालाई जोगाउनुका साथै उनीहरुमा पर्न सक्ने मनोसामाजिक समस्यालाई सम्बोधन गर्न र यस समयमा बालबालिका विरुद्ध हुन सक्ने घटना एवं कुनै पनि जोखिमबाट बचाउन बालबालिकाको आपत्कालिन उद्धार, राहत, संरक्षण तथा कानूनी सहयोग जस्ता सेवाहरुमा सिविन निरन्तर क्रियाशील रहँदै आएकोछ ।

संकटको यस घडिमा सिविन नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवालाहरूलाई बाल संरक्षणका विषयमा थप जागरुक बन्न र एकसाथ अगाडि बढ्न आह्वन गर्दछौं । बन्दाबन्दी कै बीच नेपालका तीनै तहका सरकारहरु आ.व. २०७७÷०७८ को नीति तथा कार्यवmम तय गर्दै बजेट निर्माणमा जुटिरहेका छन् । हामी सबै तहका सरकारहरूलाई बाल हेल्पलाइन १०९८ जस्ता बालसंरक्षणका दिगो तथा राष्ट्रिय संरचनाहरुलाई सशक्त बनाउनेगरी बजेट विनियोजन गर्न र बालबालिका माथि पर्न सक्ने कोभिड १९ को प्रभाव तथा क्षति कम गराउने तर्फ केन्द्रित गरी बालअधिकार नीति तथा कार्यव्रmम तर्जुमा तथा कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन सुनिश्चित गर्न आग्रह गर्दछौं । घरघरमा रहेका र घरभित्र बस्न नपाएका हाम्रा सबै बालबालिकाको संरक्षण, सुरक्षाका साथै कोभिड १९ पछिको उनीहरूको सुरक्षित जीवन र उज्यालो भविष्यका लागि राज्य तथा सरोकारवालाहरूलाई अझ गम्भीरताका साथ लाग्न हार्दिक अपिल गर्दछौं ।

कुमार भट्टराई
प्रवक्ता

×