18Jan

बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागमा छुट्टै टिकट काउन्टर संचालनमा

माघ ४ गते २०७९, काठ्माडौं ।

मानसिक स्वास्थ्य सेवाका लागि कान्ति बालअस्पताल पुग्ने बालबालिकाले अबदेखि मानसिक स्वास्थ्य विभागमा छुट्टै नाम दर्ता गराउन पाउने भएका छन । कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सा विभागमा आजदेखि छुटटै टिकट काउन्टर संचालनमा आएपछि स्वास्थ्य सेवाकालागि पुग्ने बालबालिकाका लागि नाम दर्ता प्रकरिया सहज बनेको हो । हिमालयन बैंकले विभागमा छुट्टै काउन्टर संचालनमा ल्याएपछि नाम दर्ता सहज हुने भएको हो । यसअघि मानसिक स्वास्थ्य सेवाका लागि पुग्ने बालबालिका तथा किशोरकिशोरीले कान्ति बाल अस्पतालको मुख्य टिकट काउन्टरमै नाम दर्ता गराउनु पर्दा धेरै लामो समयसम्म कुर्नु पर्ने, र अरु किसिमका झन्झट बेहोर्न बाध्य थिए । २०७२ सालको ठूलो भुइचालोपछि बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले कान्ति बालअस्पताल र सिविन नेपालको सहकार्यमा बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सा एकाई संचालनमा ल्याइएको थियो । तर अहिले फोरुट नर्वे र अरु दातृ निकायको सहकार्यमा बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सा विभाग अस्पताल प्रांगणमै रहेको छुटटै भवनबा सेवा दिइरहेको छ ।

×