☰

पृष्ठभूमि

बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशील नेपालको अग्रणी सामाजिक संस्था सिविन–नेपाल, देशकै पहिलो बालअधिकारमुखी संस्थाका रूपमा सुपरिचित छ । बालबालिकाका सन्दर्भमा नवीन सोच र चिन्तनकासाथ लोकतान्त्रिक आन्दोलनमा क्रियाशील विद्यार्थीहरूद्वारा सन् १९८७ मा स्थापित यस संस्थाले नेपालमा बालअधिकार आन्दोलनको बिजारोपण गर्नुका साथै निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरिआएको छ ।
सिविनको निरन्तर इमान्दार प्रयासबाट कुनै चर्चाको विषय नरहेको बालअधिकारको विषयलाई आमसरोकारको राष्ट्रिय मुद्दाका रूपमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुगेको छ । पछिल्लो चार दशकमा नेपाली बालबालिकाको पक्षमा थुप्रै असल अभ्यासहरुको थालनी र सकारात्मक परिवर्तनहरु भएका छन् । राष्ट्रिय नीति तथा कानुनहरू अन्तरगत राज्यका विभिन्न तहहरूमा बालसंरक्षणका लागि संरचनाहरू निर्माण भएका छन् र बालअधिकारको मुद्दाले नेपालको सामाजिक विकासको परिप्रेक्षमा महत्वपूर्ण स्थान लिएको छ । यसैगरी बालबालिकाको सहभागिताले पनि महत्व पाउंदै गएको छ । नेपालको संविधान (२०७२) ले बालअधिकारलाई बालबालिकाको मौलिक हकका रुपमा स्थापित गरेको छ ।
यसरी पछिल्लो चार दशकमा बालअधिकारको क्षेत्रमा उल्लेखनीय रूपमा नीतिगत तथा व्यवहारिक उपलब्धिहरू हासिल भएको भएता पनि देशका हरेक बालबालिकाको आधारभूत बालअधिकार सुनिश्चित गर्ने सन्दर्भमा अझ पनि थुप्रै चुनौतीहरू विद्यमान रहेका छन् । विद्यमान कानुन तथा नीतिहरुको कार्यान्वयन नहुनु, गुणस्तरीय सार्वजनिक शिक्षा तथा स्वास्थ्यमा पहुँच नहुनु, बाल गरिबी र बालबालिकाको शारीरिक, मानसिक तथा यौन शोषण, लैङ्गिक विभेद, लगायत विभेदकारी सामाजिक व्यवहार जस्ता विकृतिहरू समाजमा अझ पनि कायम् रहनु चुनौतीपूर्ण पक्षहरू हुन् ।

सिविन–नेपालको ध्येय तथा उद्देश्य

सिविन–नेपालले न्यायपूर्ण, समृद्ध, समावेशी, लोकतान्त्रिक र शान्तिपूर्ण नयाँ नेपालको परिकल्पना गरेको छ जहाँ सबै बालबालिका सशक्त भएका हुनेछन् र राज्यले उनीहरूका सबै अधिकार को प्रत्याभूतिका लागि पूर्ण जिम्मेवारी लिएको हुनेछ । सिविन–नेपालले यस ध्येयलाई सार्थक बनाउनको निम्ति सिविनले बालबालिका तथा समान विचार भएका संघसंस्थाहरूसँगको ऐक्यवद्धता, साझेदारी, जन परिचालन, नीतिगत पैरवी तथा बालबालिकासंगको प्रत्यक्ष कार्य मार्फत बालअधिकार आन्दोलनलाई निरन्तरता दिइरहेको छ । बालबालिकाको हितमा नीति तथा संयन्त्र निर्माण तथा ती नीतिहरूमा बालबालिकाका आवाजलाई समेट्ने उद्देश्यका साथ सिविन निरन्तर कार्यरत छ ।
सिविन–नेपालले बालअधिकारसँग सम्बन्धित विविध बिषयहरु जस्तै गुणस्तरीय शिक्षा र सीप शिक्षामा पहुँचको अभाव, गुणस्तरीय स्वास्थ्यसेवामा पहुँचको अभाव, बालबालिका तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्य एवं बालश्रमशोषण, सडक आश्रित बालबालिका, बालविवाह, पर्यटन क्षेत्रमा बालसंरक्षण, इन्टरनेट अनलाइनमा बालसुरक्षा, ओसारपसार, हेला, दुव्र्यवहार र परित्यक्तता, यौन शोषण जस्ता बालसंरक्षणका संवेदनशील एवम् महत्वपूर्ण बिषयहरु लगायत मदिरा तथा लागुपदार्थ प्रयोगको न्यूनीकरण एवं बालबालिकाका निम्ति जलवायु न्यायका बिषयमा अनुसन्धान समेत गरी यी मुद्दाहरुलाई बालबालिकासंगको साझेदारीमा नवीनतम कार्यक्रमहरुका साथ निरन्तर सम्बोधन गर्ने उद्देश्यको सिविन नवीनतम सोचका साथ अगाडि बढेको छ ।

कार्यकारी बोर्ड

श्री माधव प्रधान

अध्यक्ष

थप पढ्नुहोस्

सुश्री सुमित्रा जोशी

उपाध्यक्ष

थप पढ्नुहोस्

श्री सिरीन ताम्राकार

कोषाध्यक्ष

थप पढ्नुहोस्

श्री टंक लिम्बु

सचिव

थप पढ्नुहोस्

प्रा. डा. गोविन्द सुवेदी

सदस्य

थप पढ्नुहोस्

सुश्री भाषा श्रेष्ठ

सदस्य

थप पढ्नुहोस्

×