“A Day to Reimagine a Better Future for Every Child”
‘हरेक बालबालिकाको सुन्दर भविष्यको परिकल्पना गर्ने यो दिन’
हरेक वर्ष नोभेम्बर २० का दिन विश्वव्यापी रूपमा मनाइने विश्व बाल दिवस यस वर्ष ‘हरेक बालबालिकाको सुन्दर भविष्यको पुनः परिकल्पना गर्ने यो दिन’ भन्ने नाराका साथ नेपाल लगायत संसारभरी मनाइदै छ । यसैदिन नेपालको पहिलो र अग्रणी बाल अधिकारमुखी संस्था सिविन–नेपालले आफ्नो वार्षिकोत्सव पनि मनाउने गर्दछ । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबले महत्व बोकेको आजको दिनमा सिविन–नेपाल आफ्नो ३३औं वार्षिकोत्सव र विश्व बाल दिवसका अवसरमा सम्पूर्ण नेपाली बालबालिकाको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ ।
हामी अहिले कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएको विषम परिस्थितिबीच यो वर्षको विश्व बाल दिवस मनाउँदै छौं । कोभिड–१९ बाट आइपरेको विपद्ले बाल अधिकारमाथि थप संकट निम्तिरहेको छ । रोजगारीको अवसरको अभावका कारण परिवारमा व्याप्त आर्थिक समस्या लगायत बालबालिकाका संरक्षणलाई बेलैमा सम्बोधन गरिएन भने उनीहरूमा अभाव, दुव्र्यवहार र हिंसाका असरहरू जीवनभर रहनसक्ने जोखिम देखिंदैछ ।
कोभिड–१९ का कारण हाम्रा सबै बालबालिकाहरू विद्यालय जान नपाएर घर घरमा रहेका छन् र उनीहरू विभिन्न तरिकाले शोषित पीडित बनिरहेका छन् । उनीहरूको सहज सामाजिकीकरण अवरुद्ध बनिरहेको छ । कोभिड–१९ को महामारीकैबीच बाल विवाह, लैङ्गिक हिंसा, हेंला, दुव्र्यवहार, यौन शोषण, अनलाइन दुव्र्यवहार, विभेद जस्ता बालबालिका विरुद्धका अपराधिक घटनाहरू दिनहुँ बृद्धि भइरहेका छन् । बलात्कार र बलात्कार पछि हत्या जस्ता विशेषगरी बालिका÷किशोरी विरुद्धका जघण्य अपराधका घटनाहरूले हामीलाई लज्जित र विचलित गराउँदै आएका छन् । यस पृष्ठभूमिमा कोभिड–१९ जस्ता विपद्का बेला बाल अधिकारको संरक्षण र सम्वद्र्धनकालागि हामी संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सम्बन्धित निकायहरू अझ बढी संवेदनशील भई बालबालिकालाई यस महामारीबाट जोगाउनतर्फ लाग्नु पर्दछ र बालबालिकाको संरक्षणकालागि समुदायको सहभागिता सहित विशेष कदम चालिनु पर्दछ । बाल हेल्पलाइन १०९८ जस्ता बाल संरक्षणका संरचनाहरूलाई प्राथमिकताका साथ सबल र विस्तार गरिनु पर्दछ । त्यसैगरी बालबालिकाको शिक्षाको अधिकारलाई सुनिश्चित गर्न अनलाइन पहुँचमा रहेको विभेदलाई हटाउँदै बालबालिकाको सिकाइ प्रक्रियालाई निरन्तरता दिइनु पर्दछ । सिकाइका वैकल्पिक उपायहरूलाई तत्कालै व्यवहारमा ल्याइनु पर्दछ । यस महामारीको समयमा बालबालिकाको मानसिक स्वास्थ्यकालागि समेत विशेष पहल गरिनु पर्दछ । कान्ति बाल अस्पतालमा रहेको बालबालिकाको मानसिक स्वास्थ्य सेवालाई सबल र विस्तार गरिनु पर्दछ । यसका साथै विपद्का बेला समुदायमा पु¥याइने राहत तथा जन चेतना अभिवृद्धिका गतिविधिमा बालबालिका विशेषगरी किशोर किशोरीहरू सहयोगी हुनसक्ने भएकाले उनीहरूको सार्थक सहभागिताकालागि उनीहरूलाई सशक्त बनाउनु पर्दछ ।
कोभिड–१९ सिर्जित यस परिस्थितिले हामी सबैलाई बालबालिकाका निम्ति हामीले निर्माण गर्न खोजेको संसारका बारेमा फेरी एकपटक परिकल्पना गर्न र कार्यरूप दिन उत्प्रेरित गरिरहेको छ । हामी सबै मिलेर यस संकटलाई अवसरमा रूपान्तरण गरौं र बालबालिकाको अधिकार प्रत्याभूतिको निम्ति उपयुक्त विश्वको निर्माणमा योगदान पु¥याऔं । धन्यवाद ।
कुमार भट्टराई
प्रवक्ता