विद्यालयलाई युद्धमैदान नबनाइयोस्

29Jun

विद्यालयलाई युद्धमैदान नबनाइयोस्

आदिवासी जनजाती दलित गणतान्त्रिक मोर्चा अन्र्तगत थरुहट स्वायत्त राज्य समितिले सुनसरी जिल्ला सोनापुर गा।वि।स ९ बालकुण्ड स्थित  श्री पशुपति प्राथमिक विद्यालयलाई व्यारेकको रुपमा प्रयोग गरी बालबालिकालाई नै सैन्य तालिम दिईएको  समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

विद्यालयकै सहमतिमा एकहप्तासम्म पठनपाठन बन्द गरि विद्यालयलाई नै व्यारेकको रुपमा परिणत गरि बालबालिकालाई सैन्य तालिम प्रदान गर्नु बालबालिकाको शिक्षापाउने अधिकारको ठाडो उल्लघंन मात्र नभई बालअधिकारको राष्ट्रिय तथा अन्तराष्ट्रिय मूल्य मान्यताको विपरित कार्य हो ।

बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्नेमा सवै राजनैतिक दलको प्रतिवद्धता आईसकेको अवस्थामा थरुहट स्वायत्त राज्य समितिले यस्ता कि्रयाकलाप तत्काल रोकी बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै भोली देखि नै विद्यालय सुचारु गर्न अपिल गर्दछौ । आगामी दिनहरुमा दवाव वा सहमतिमा विद्यालयलमा कुनैपनि सैन्य तालिम तथा िहंसात्मक गतिविधि साचालन नगर्न तथा यस्ता गतिविधिबाट बालबालिकालाई संरक्षण प्रदान गर्न राज्यका सम्वन्धित निकायलाई कि्रयाशिल हुन आव्हान गर्दछौ ।

तारक धिताल
प्रवक्ता

सिविन नेपाल

×