प्रा.डा. मथुराप्रसाद श्रेष्ठलाई हामी युगौ युग सम्झिरहने छौं

20Feb

प्रा.डा. मथुराप्रसाद श्रेष्ठलाई हामी युगौ युग सम्झिरहने छौं

नेपालमा जनस्वास्थ्य सेवाका अग्रणी, वरिष्ठ मानवअधिकारकर्मी, नेपालको राजनीतिक तथा सामाजिक रूपान्तरणका पक्षधर प्रा.डा.मथुराप्रसाद श्रेष्ठको आज मिति २०७९ फाल्गुण ८ गते भएको निधनबाट हामी मर्माहत भएका छौं । उहाँ २०४६ सालको जनआन्दोलनका एकजना नायक हुनुहुन्थ्यो र उक्त आन्दोलनको सफलता पछि बनेको अन्तरिम सरकारका स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । राष्ट्रिय मदिरा नीति सञ्जालका संस्थापक सल्लाहकार रहँदै आउनु भएका उहाँ सामाजिक आन्दोलनहरूसँग पनि उत्तिकै अभिरुचिकासाथ गाँसिनु भएको थियो ।

“शान्तिका लागि सहकार्य“ नामक संस्था स्थापनमा महत्वपूर्ण योगदान पु¥याउनु भएका प्रा. डा. श्रेष्ठले जीवनभर समतामूलक समाजका पक्षमा वकालत गर्नु भयो र भूँइमान्छेका पक्षमा उभिनु भयो । बालअधिकार आन्दोलनका सच्चा हितैषी प्रा.डा. मथुराप्रसाद श्रेष्ठ आजबाट भौतिक रूपमा हामीबीच नहुँदा सिविनले एकजना अभिभावक गुमाएको अनुभव गरेका छौं । सिविनले आप्mनो तीसौं वार्षिकोत्सवको उपलक्षमा वहांलाई सिविन बालअधिकार सम्मान प्रदान गरेको स्मरण गर्न चाहन्छौं ।

उहाँले नेपालको मानवअधिकार, लोकतन्त्र तथा शान्ति अभियानमा पु¥याउनु भएको विराट योगदानका लागि हामी उहाँलाई युगौ युगसम्म सम्झिरहने छौं । समाजका लागि निष्कपट बाँचेका सच्चा सपूत उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं  ।

 

×