कुनै पनि बहानामा विद्यालय बन्द नगरौं

08May

कुनै पनि बहानामा विद्यालय बन्द नगरौं

एक दिन विद्यालय बन्द हुँदा ५९ लाखभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा प्रभावित हुन्छन् ।

बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान ९सीजप० ले विगत एक दशक भन्दा बढी समय देखि ँबालबालिका र विद्यालय शान्तिक्षेत्र हुन्” भन्दै विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको व्यहोरा जानकारी गराउन चाहन्छौं । नेपाल सरकारले ँविद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८” जारी गरी कार्यान्वयनमा आईसकेको छ । यस निर्देशिकाको कार्यान्वयनका लागि बालअधिकार तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरकारी, गैरसरकारी निकाय लगायत शिक्षक र अभिभावक संघ संगठन, युनियनहरु तथा राजनीतिक दलहरु र तिनका भातृ संगठनहरुले समेत प्रतिबद्धता जाहेर गरिसकेको अवस्था छ । तर पनि नेपाल भरका लगभग ३४ हजार भन्दा बढी विद्यालयमा अध्ययनरत ७५ लाखभन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभिन्न बहानामा विद्यालय बन्द गर्ने तथा पठनपाठनमा नकारात्मक असर गर्ने खालका गतिविधि हुने क्रम रोकिएको छैन ।

ँबालबालिका र विद्यालयलाई शान्तिक्षेत्र बनाऔं”, ँविना अवरोध विद्यालयमा पठनपाठन गर्न दिऔं”, ँविद्यालयलाई अराजक गतिविधि, आक्रमण र हिंसाबाट मुक्त राखौं” भन्ने अपिलका साथ निरन्तर रुपमा विना अवरोध विद्यालयमा पठनपाठनको वातावरण सुनिश्चित गर्न सीजपले पहल गर्दै आईरहेको छ । हाम्रो यस अपिलप्रति विभिन्न राजनीतिक दल र तिनका भातृ संगठनहरु, नेपाल सरकारका विभिन्न निकायहरु, शिक्षक संघसंस्थाहरु, अभिभावक संघसंस्थाहरु लगायत बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न निकायहरुले प्रतिबद्धता जाहेर भईसकेको अवस्था छ ।

यति भईसक्दा पनि विभिन्न बहानमा विद्यालयको पठनपाठनको अवरोध सिर्जना हुने गतिविधिहरु भईरहेका छन् । अस्थायी शिक्षकहरुले केही दिन देखि गर्दै आएका बन्द तथा हड्तालका कारण देशभरिका सामुदायिक विद्यालयका ५९ लाखभन्दा बढी विद्यार्थीहरु विना अवरोध पढ्न पाउने मौलिक हकबाट वञ्चित हुन पुगेका छन् । यसका साथसाथै, विगत केही दिनदेखि निरन्तर रुपमा ँविद्यालय भवनमा प्रहरी पोष्ट राखेपछि विद्यालय नै बन्द” ९बाँके र सुनसरी जिल्ला०, ँविद्यालयमा बम भेटिए पछि विद्यालय बन्द” ९दाङ– तुलसीपुर०, ँविद्यालय नै बन्द गरेर पूर्वराजाको स्वागत” ९झापा० जस्ता समाचारहरु प्रकाशित भईरहेका छन् । यस्ता खालका क्रियाकलाप, गतिविधि, बन्द एवं हड्ताल जस्ता कार्यले समग्र बालबालिकाको शिक्षाको अधिकारलाई कुण्ठित पार्ने तथा बालबालिकाको अवरोध र डर–त्रासविना विद्यालयमा अध्ययन गर्नपाउने नैसर्गिक अधिकार हनन् हुनुका साथै सरकारले जारी गरेको ँविद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाचा र कार्यान्वयन निर्देशिका २०६८” को गम्भीर उल्लङ्घन हुन पुगेको छ ।

यस्ता उल्लंघनका घटनाहरुप्रति हामी बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान ९सीजप० को गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको कानून, नीति, नियमलाई ठाडो चूनौती दिई बालबालिकाको शिक्षासम्बन्धी संविधान प्रदत्त मौलिक अधिकारलाई कुण्ठित पार्ने मनसायबाट नेपाल सरकारका मातहतका निकायहरु तथा अन्य निकायहरुले विद्यालय शान्तिक्षेत्रसम्बन्धी निर्देशिकासमेत उल्लंघन गर्दै पटक पटक बालबालिकाको पठनपाठनमा अवरोध पुर्‍याउने स्थितिको अन्त्य गर्नका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी पक्षहरूसग हार्दिक अनुरोध गर्दछौं । साथै विरोधको नाममा गरिने बन्दका क्रियाकलाप अन्त्य गरी विरोधका वैकल्पीक उपायहरु अपनाउन सम्पूर्ण सरोकारवाला निकायहरुसग बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान ९सीजप० हार्दिक अपिल गर्दछ ।
धन्यवाद ।

श्री रामकृष्ण निराला
अध्यक्ष– बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान ९सीजप०

×