काठमाडौं उपत्यकाका विद्यालयहरुमा बम विष्फोटनको सन्दर्भमा  सिविन–नेपालको विज्ञप्ती

20Sep

काठमाडौं उपत्यकाका विद्यालयहरुमा बम विष्फोटनको सन्दर्भमा सिविन–नेपालको विज्ञप्ती

मिति २०७३ असोज ४ गते काठमाडौं उपत्यकाका विद्यालयहरुमा बम पड्काउने तथा बालबालिकालाई त्रासको वातावरण निर्माण गर्ने कार्यप्रति सिविन–नेपालको गम्भीर ध्यान आकर्षण भएको छ र यस्ता मावता विरोधी कार्यको भत्र्सना गर्दछ ।

इस्तो आततायी कदमले शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको नैसर्गिक हक हनन् भएको छ ।

बलबालिका शान्ति क्षेत्र हुन् भन्ने अवधारणालाई सम्मान तथा आत्मसात गर्न सबै राजनीतिक दल तथा संघ संगठनहरुलाई आग्रह गर्दछौं । साथै शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा शिक्षण सिकाईको प्रत्याभूति गर्न सरकार तथा सम्बद्ध पक्षसँग आग्रह गर्दछौं ।

 

माधव प्रधान

अध्यक्ष

×