बालबालिकाको लागि, बालबालिकाको साथमा

सन् १९८७ मा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुको पहलमा स्थापित सिविन–नेपाल, बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशील नेपालको पहिलो बालअधिकारमुखी संस्थाका रुपमा सुपरिचित छ । सिविन–नेपाल जोखिम अवस्थामा काम गरिरहेका र जीवनयापन गरिरहेका बालबालिकालाई केन्द्रमा राखी समग्र नेपाली बालबालिकाको अधिकारका लागि कार्यरत पैरवीमा आधारित संस्था हो ।

सिविन–नेपालले बालअधिकारसँग सम्बन्धित विविध बिषयहरु जस्तै बालश्रमशोषण, सडक बालबालिका, बालविवाह, पर्यटन क्षेत्रमा बाल संरक्षण, इन्टरनेट अनलाइनमा बाल सुरक्षा, मानसिक स्वास्थ्यसेवा, वेचविखन, हेला, दुव्र्यवहार र परित्यक्तता, यौन शोषण, गुणस्तरीय शिक्षा र तालिममा पहुँचको अभाव, गुणस्तरीय स्वास्थ्यसेवामा पहुँचको अभाव जस्ता बालअधिकार र बालसंरक्षणका संवेदनशील एवम् महत्वपूर्ण बिषयहरुमा अनुसन्धान समेत गरी यी मुद्दाहरुलाई सम्वोधन गर्दै आईरहेको छ ।

यसका साथै सिविन–नेपालले बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि जनचेतना अभिवृद्धि कार्यव्रmम संचालन गर्ने र नेपाली बालबालिकाको अवस्थावारे ध्यानाकर्षण गर्दै उनीहरुको अधिकार एवम् समग्र विकासका लागि सरकारी निकायहरुलाई थप जिम्मेवार एवम् उत्तरदायी वनाउन नीतिगत पैरवी गर्ने कार्यलाई पनि निरन्तर रुपमा अगाडि वढाउँदै आएको छ ।

सिविन–नेपालले बालबालिकाको संरक्षण र समग्र विकासका लागि बालहेल्पलाईन नेपाल १०९८, आवधिक संरक्षण गृह, आत्मनिर्भर केन्द्र, समुदायमा आधारित शिक्षा र स्वास्थ्यका निम्ति पहलहरु तथा सशक्तिकरण जस्ता कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । यसले सिविन बालिका कार्यक्रम मार्फत् बालिकाका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखी उनीहरुको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । यसैगरीे नेपालमै पहिलो पटक बालबालिका र किशोर–किशोरीको मानसिक स्वास्थ्यको मुद्दाहरुको उठान गर्र्दै सो को समाधान÷निराकरणका लागि सिविन–नेपालले कान्ती बाल अस्पतालमा बाल तथा किशोर–किशोरी मानसिक स्वास्थ्यका लागि बहिरङ्ग विभाग सेवा सञ्चालनमा ल्याएको छ । यसका साथै, सिविनले २०७२ सालको विनासकारी भुकम्पको असर पश्चात ३५०,००० जनसमुदायलाई मानवीय सेवा उपलब्ध गराउनुका साथै भुकम्पले विद्यालयहरुमा पु¥याएकोे व्यापक क्षतिपश्चात विद्यालय पुर्निर्नर्माणको निम्ति दोलखा जिल्लामा २० वटा र काठमाण्डौमा ५ गरी जम्मा २५ विद्यालयहरुको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न गर्ने चरणमा रहेको छ ।

देश संघीयतामा प्रवेश गरेको परिप्रेक्षमा सिविन–नेपालले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बाल हेल्पलाईन नेपाल १०९८ मार्फत् सातै प्रदेशमा आफ्नो उपस्थिति कायम गरिसकेको छ । बाल हेल्पलाईन नेपाल १०९८ बृहत्तर बालसंरक्षका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण र नागरिक समाज संस्थाको सहकार्यमा सञ्चालित नेपालको एक मात्र बाल संरक्षण संयन्त्र हो ।

सिविन–नेपाल यसका विभिन्न परियोजना र कार्यव्रmम मार्फत् प्रत्येक वर्ष कम्तिमा १,००,००० बालबालिका र युवाहरुको वीचमा पुग्ने गरेको छ । यसले जोखिम अवस्थामा रहेका बालबालिकाको संरक्षण, मानसिक स्वास्थ्य सेवा, कानुनी सेवा, शैक्षिक सहयोग, सीपसम्बन्धी तालिम, पारिवारिक पुनर्मिलन र सामाजिक पुनस्र्थापना गरी वार्षिक रुपमा कम्तिमा २०,००० बालबालिकालाई प्रत्यक्ष सेवा प्रवाह गर्दै आईरहेको छ ।

सिविन–नेपालले बालअधिकारका महत्वपूर्ण मुद्दाहरुलाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ स्वयम् बालबालिका र उनीहरुका समुह तथा सञ्जालहरु, नेपाल सरकारका विभिन्न निकायहरु, स्थानीय, प्रदेश एवं संघीय सरकार तथा राष्ट्रिय स्तरका सम्बन्धित सञ्जालहरु, अन्तर्राष्ट्रिय निकायहरु, तथा निजी क्षेत्रसँग पनि साझेदारी गर्दै आएको छ ।