एनेकपा (माओबादी) ले आह्वान गरेको आम हडतालको आज ५ औ दिनमा आइपुग्दा तुलनात्मक रुपमा शान्तिर्पूर्ण रहेको बन्द तथा प्रदर्शन क्रमशः तनावपूर्ण हुदै जानुले सबैमा त्रास र अन्यौलता बढ्दै गएको छ । आन्दोलन लम्बिदै जादा प्रदर्शनकारी र स्थानीय समुदायबाट गरिएको भनिएका प्रतिकारका बीच भएका कतिपय झडपबाट बालबालिकामाथि गम्भीर असर परेका घटना पनि र्सार्वजनिक भइरहेका छन् ।

यसै सर्न्दर्भमा आज २३ बैशाखमा काठमाण्डौंको बुढानिलकण्ठमा भएको झडपमा ९ वषिर्य बालक रोशन मगर निधारमा ढुंगा लागि घाइते हुन पुगेका छन् भने जोरपाटीमा भएको झडपका क्रममा ११ बषिर्य बिकास बि.क.को पनि अनुहारमा चोट लागेको छ र उपचारका क्रममा रहेका उनी मानसिक संत्रासका कारण बोल्न समेत सकिराखेका छैनन् । हामी कुनै पनि पक्षबाट बालबालिकालाई प्रयोग नगर्न तथा संभावित यस्ता घटनाहरुबाट सहभागी गराइएका तथा वरिपरी रहेका लगायतका बालबालिकाको संरक्षण गर्न सम्बन्धित पक्षको ध्यान आकृष्ट गर्दछौं । बिरोध या प्रतिकार जस्ता कुनै पनि बहानामा हिंसात्मक कार्य नगर्न तथा हिंसा भड्काउने खालका गतिविधि कुनै पनि पक्षबाट नगर्न समेत हामी सम्बन्धित सबैलाई अनुरोध गर्दछौं । साथै आफ्ना बालबालिकालाई यस्ता राजनैतिक विरोध जुलुसहरुमा सहभागी नगराउन तथा भिडभाड एवम् तनावपूर्ण रहेका स्थानबाट सुरक्षित राख्न सबै अभिभावकहरुलाई पनि आह्वान गर्दछौं । बालबालिकाको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।

तारक धिताल

प्रवक्ता, सिविन-नेपाल

२०६७ बैशाख २३