मिति २०७१ जेष्ठ १ गते 

मागहरु पूरा नभएसम्म महिला मानवअधिकार रक्षकहरुको अगुवाईमा धर्नाको घोषणा गर्दै सम्पन्न विशाल र्यालीमा विद्यार्थी संगठनका नेता, मानवअधिकारकर्मी र नागरिक समाजको  ऐक्यबद्धता  ।

महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संञ्जालका उपाध्यक्ष विमला लामाले कोणसभाको शुरुवातमा बोल्नुहुदै, शान्ति, न्याय तथा कानुनमन्त्री नरहरी आचार्यज्यूले महिला मानवअधिकार रक्षकहरुले अघि सारेका मागहरुको सुनुवाइका लागि गर्नुभएको छलफलको पहललाई सकारात्मक लिदै हामीले शान्तिपूर्ण र्याली गरि लचिलो भएको भन्दै नत्र आजको दिन चक्काजाम गरी सरकारले सुन्नैपर्ने दिनको रुपमा परिणत गर्न सकिने कुरा भन्नुभएको थियो ।

विशाल आन्दोलित महिलाहरुलाई सम्बोधन गर्दै मानवअधिकारकर्मी गौरी प्रधानले भन्नुभयो ँमहिला मानवअधिकाररक्षकहरुको राष्ट्रिय संञ्जालले लामो समयदेखि निरन्तर अगुवाई गर्दै बलात्कार रयौन हिंसाविरुद्घको यो अभियान जनअभियान हो ।” ँजनता र आम नागरिकको सरोकारको विषय हो । के महिला, के पुरुष, के युवा, के बालबालिका यो सबैको मुद्दा हो, किनभने कस्को घरमा छोरी छैनन्, महिलाहरु छैनन् ।” हामीले प्रहरी प्रतिवेदन हेर्दा हरेक दिन महिला र बालिकाहरु यौनहिंसा र बलात्कारमा परेका छन् यस जघन्य अपराधविरुद्घको यो अभियानमा महिलामात्रै होइन सम्पूर्ण पूरुषहरु पनि जूट्न जरुरी छ । सम्पूर्ण मानवअधिकारकर्मी र नागरिकहरुलाई आफ्नो सरोकारको विषय बनाउन आव्हन गर्दछु । भन्दै गौरी प्रधानले अगाडि भन्नुभयो ँहाम्रो देशमा न्यायको पहुाचमा कानुनी प्रक्रिया, अनुसन्धान र अदालती प्रक्रिया तिनैवटा अप्रभावकारी छ । त्यसमाथि राजनीतिक हस्तक्षेपले उल्टै पीडकलाई सहयोग पुगेको छ ।” 

महिला मानवअधिकाररक्षकहरु, मानवअधिकारकर्मीहरु, नागरिकहरु, संञ्चारकर्मीहरु र उपस्थित सबैलाई धन्यवाद दिनुहुदै महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संञ्जालका अध्यक्ष डा। रेणुराजभण्डारीले भन्नुभयो हामीले ँलामो समयदेखि सरकारको ध्यानाकर्षण गरिरहेका छौ । नेताहरुको ध्यानाकर्षण गरिरहेका छौ । हामी देशव्यापीरुपमा कुन ठाउामा पुगेनौ, कुन महिला संघ, कुन युवा संघ, कुन विद्याथी संघरसंगठनमा पुगेनौ रु कहाा गएर भनेनौ यो देशमा महिला तथा बालिकाहरु बलात्कृत भइरहेका छन भनेर । ४० प्रतिशत बालिकाहरुमात्रै बलात्कृत भएका छन् र धेरैजसो आफ्नै घरमा आफन्तजनबाट । तर नेपालको शान्ति निर्माण प्रक्रियामा, नेपालको कानुन निर्माण प्रक्रियामा यसमाथि बोलेकोरकुरा उठाएको कही पनि सुनिदैन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका उपाध्यक्ष थोमस बास्तोलाले कोणसभामा विद्यार्थीहरुको तर्फबाट ऐक्यबद्घता जनाउनुभएको थियो भने नागरिक समाजका तर्फबाट स्नेह सायमीले ऐक्यबद्घता जनाउनुभएको थियो । ँयौन हिंसा अन्त्य तथा न्याय, समानता र मानवअधिकार सुनिश्चितताका लागि दबाब दिदै २००० जति महिलाहरु, महिला मानवअधिकार रक्षकहरुको अगुवाईमा र बलात्कारविरुद्घ राष्ट्रिय अभियानमा आबद्घ संस्थाहरुको पहलमा सडकमा ओर्लीएका थिए । भृकुटीमण्डपबाट बिहान ९।३० बजे शुरु भएको र्याली भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो । अन्त्यमा सडकको आवाजलाई सम्बोधन गर्नुहुदै डा। रेणु राजभण्डारीले मागहरु पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिनको लागि लगतै भोलीपल्ट जेष्ठ २ गते देखि, भद्रकालीमा धर्ना दिने घोषणा गर्दै सबै राजनीतिक पार्टीहरु र विद्यार्थी संगठन लगायतका सबै भातृसंगठनलाई महिला हिंसाविरुद्घ सडकमा आउन आव्हान गर्नुभएको थियो ।

महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संञ्जाल साथै बलात्कारविरुद्घ राष्ट्रिय अभियानको तर्फबाट

सुनिता रोका