आज हामी अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाई रहेका छौं । यसक्रममा आजकै दिनबाट राष्ट्रसंघीय बालअधिकार महासन्धि १९८९ पारित भएको तीन दशक पुगेको छ । आजकै दिन नेपालको पहिलो र अग्रणी बालअधिकारमुखी संस्था सिविन–नेपालले आफ्नो ३२औं वार्षिकोत्सव पनि मनाइरहेको छ ।

बालअधिकारको संरक्षण र विकासको सन्दर्भमा नेपालले विशेषतः नीतिगत क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । बालअधिकारमैत्री संविधान, बालबालिका सम्बन्धी ऐन र कानुनहरुको परिमार्जन, परिवर्तित राजनितिक व्यवस्था अनुरुप संरचना निर्माणको शुरुवात लगायतका कार्यहरुले बालअधिकारका क्षेत्रमा सकारात्मक परिवर्तनका संभावनाहरुलाई उजागर गरेका छन् ।

यद्यपि हामीले अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइरहँदा हाम्रा बालबालिका अहिले पनि सुरक्षित महसुुस गरिरहेका छैनन् । नेपाल सरकार तथा नेपाल टेलिकमसँगको साझेदारीमा सिविनद्वारा सञ्चालित बालबालिकाका लागि आपत्कालिन सेवा बाल हेल्पलाईन १०९८ मा काठमाडौं लगायत देशका विभिन्न ६ वटा बाल हेल्पलाईनहरूमा दर्ता भएका र बाल हेल्पलाईनद्वारा उद्धार, पुनस्र्थापन तथा कानूनी उपचारमा गएका घटनाहरूलाई हेर्दा समेत हाम्रो समग्र समाज तथा राज्यव्यवस्था बालबालिकाको संरक्षण गर्न कतै चुकेको चित्र हाम्रा सामु देखा पर्दछ । यसरी बालबालिका विशेषगरी बालिका तथा किशोरीहरू बालयौन दुव्र्यवहार, बेचबिखन, बालविवाह, इन्टरनेट अनलाइनमा हुने हिंसाका सिकार हुने गरेको सन्दर्भमा उनीहरूको संरक्षणका लागि तीन वटै तहका सरकारहरूले विशेष कदम उठाउन हतारो भैसकेको छ । यसका लागि प्रदेश तथा स्थानीय सरकारहरूले आवश्यक नीति तर्जुमा गर्ने र बालहेल्पलाईन नेपाल १०९८ जस्ता बालसंरक्षण संयन्त्रलाई सवलीकरण तथा विस्तार गरी बालसंरक्षणका सेवा सुविधामा सबै नेपाली बालबालिकाको पहुँच पु¥याउने कार्यमा ध्यान पु¥याउन हार्दिक अपिल गर्दछौं ।

बालबालिकाको अधिकारलाई साँचो अर्थमा व्यवहारमा रुपान्तरण गर्न बालबालिकाको सशक्तिकरण गर्दै उनीहरुका समुह र सञ्जालहरुसँग नेपाल सरकार लगायत आमसरोकारवालाहरुले निरन्तर सहकार्यलाई जोड दिनु जरुरी छ ।

बालबालिकाका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा स्थापित गर्ने नेपालको संविधान (२०७२) र नेपाल सरकारले विभिन्न अन्तराष्ट्रिय मञ्चहरूमा गरेका प्रतिवद्धता र राज्यपक्षका रूपमा राष्ट्रसंघीय बालअधिकार महासन्धिलाई अनुमोदन गरी गरिएका प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्न स्थानीय, प्रदेश, संघ सरकार, सामाजिक क्षेत्र र सबै सरोकारित पक्षहरू आपसमा हातेमालो गरी सहकार्यको मार्गबाट अगाडि बढ्न आावश्यक रहेको तर्फ पनि सबैको ध्यान आकृष्ठ गर्दछौं । धन्यवाद ।

अन्तराष्ट्रिय बालअधिकार दिवस तथा सिविन–नेपालको ३२औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण नेपाली बालबालिकाको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ ।


कुमार भट्टराई
प्रवक्ता, सिविन–नेपाल
२० नोभेम्बर २०१९