A Better Future for Every Child
सबै बालबालिकाको निम्ति उत्तम भविष्य

हरेक वर्ष नोभेम्बर २० का दिन विश्वव्यापी रूपमा मनाइने विश्व बाल दिवस यस वर्ष ‘सबै बालबालिकाको निम्ति उत्तम भविष्य’ भन्ने नाराका साथ नेपाल लगायत संसारभरी मनाइदै छ । यसैदिन नेपालको पहिलो र अग्रणी बाल अधिकारमुखी संस्था सिविन–नेपालले आफ्नो वार्षिकोत्सव पनि मनाउने गर्दछ । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबले महत्व बोकेको आजको दिनमा सिविन–नेपाल आफ्नो ३४औं वार्षिकोत्सव र विश्व बाल दिवसका अवसरमा सम्पूर्ण नेपाली बालबालिकाको दीर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ ।

कोभिड–१९ सिर्जित लकडाउनका कारण लामो समय विद्यालय जान नपाएका बालबालिका भर्खरै देखि विद्यालय जान थालेका छन् । यद्यपि कोरोनाको तेस्रो लहरको डर मनबाट हटिसकेको छैन । विगतका लकडाउनकाबीच मौलाएको बाल विवाह, लैङ्गिक हिंसा, बालबालिका विरुद्धको हेंला, दुव्र्यवहार, यौन शोषण, अनलाइन दुव्र्यवहार, विभेद जस्ता बालबालिका विरुद्धका अपराधिक घटनाहरूका घाउहरू अहिले पनि उत्तिकै चह¥याइरहेका छन् भने बलात्कार र बलात्कार पछि हत्या जस्ता विशेषगरी बालिका÷किशोरी विरुद्धका जघण्य अपराधका घटनाहरूले हामीलाई लज्जित र विचलित बनाउन छोडेका छैनन् ।

हरेक बालबालिकाको सुन्दर भविष्यको परिकल्पना गरिरहँदा हामीले सबैभन्दा पहिले उनीहरूको बांच्न पाउने अधिकार र सुरक्षालाई ध्यान दिनु पर्दछ । विद्यमान परिस्थितिलाई विश्लेषण गर्दा मुलुकमा अहिले पनि बालबालिकाको संरक्षणको बिषय चुनौतीपूर्ण रहेको छ । यसका लागि सबैभन्दा प्रमुख रूपमा राज्य जिम्मेवार हुनुपर्दछ । हामी संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूलाई बालबालिकाको निम्ति सुरक्षित वातावरण निर्माणमा थप संवेदनशील बन्न हार्दिक आग्रह गर्दछौं । यसक्रममा बाल संरक्षणमा योगदान पु¥याई रहेका बाल हेल्पलाइन १०९८ जस्ता बाल संरक्षणका संरचनाहरूलाई प्राथमिकताका साथ सबल र विस्तार गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं ।

यसका साथै जलवायु परिवर्तनले बालबालिकामा पारेको असरलाई न्यूनीकरण गर्न सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउंबाट पहल गर्न हतार गर्नु पर्ने अवस्था आइसकेको छ । यसैगरी कोरोनाको तेस्रो लहर आउन सक्ने र यसको असर बालबालिकामा पर्न सक्ने अनुमान गरिरहिएको अवस्थामा १८ वर्ष मुनीका सबै बालबालिकालाई समतामूलक हिसाबमा खोपको प्रवन्ध मिलाउन पनि सरकारसँग माग गर्दछौं ।

कोभिड–१९ सिर्जित अर्को एउटा ठूलो समस्याका रूपमा बालबालिकाको मानसिक स्वास्थ्यमा परेको असर पनि रहेको छ । यसबीच बालबालिकाले व्यापक रूपमा मानसिक स्वास्थ्यको चुनौती भोगेका छन् । यस परिप्रेक्ष्यमा सिविन–नेपाल र कान्ति बाल अस्पतालको सहकार्यमा सञ्चालित बालबालिका तथा किशोरकिशोरी बालमनो चिकित्सा तथा मानसिक स्वास्थ्य सेवालाई सबल र विस्तार गर्न हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सम्बन्धित निकायलाई आह्वान गर्दछौं ।

कोभिड–१९ सिर्जित यस परिस्थितिले हामी सबैलाई बालबालिकाका निम्ति हामीले निर्माण गर्न खोजेको संसारका बारेमा फेरी एकपटक परिकल्पना गर्न र सो परिकल्पनालाई कार्यरूप दिन उत्प्रेरित गरिरहेको छ । हामी सबै मिलेर आइपरेका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गरौं र बालबालिकाको अधिकार प्रत्याभूतिको निम्ति उपयुक्त विश्वको निर्माणमा योगदान पु¥याऔं ।

सिविन–नेपाल सदैव बालबालिकाको लागि बालबालिको साथमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
धन्यवाद ।

कुमार भट्टराई


प्रवक्ता २० नोभेम्बर २०२१