बेमौसमी वर्षाका कारण पछिल्लो हप्ता मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानका कारण ठूलो मात्रामा धनजनको क्षति भएको र यसबाट बालबालिका विशेष रूपमा प्रभावित भएकोप्रति सिविन–नेपाल गहिरो दुःख व्यक्त गर्दछ । यस विपद्बाट हालसम्म दिवगंत हुने ११५ जना भन्दाबढी रहेको र यसभित्र दुइदर्जन बढी बालबालिका रहेको पीडादायी तथ्य सार्वजनिक भएका छन् । यसरी असामयीक निधन हुनु भएका बालबालिका लगायत सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । 

सिविनद्वारा सञ्चालित बाल हेल्पलाइनहरू तथा सञ्चार माध्यमबाट प्राप्त सूचना अनुसार सुदूर पश्चिम प्रदेश र प्रदेश नं. १ अन्तरगतका विभिन्न जिल्लाहरू यस विपद्बाट बढी प्रभावित भएका छन् । यसरी प्रभावित जिल्लाहरूमा समग्र समुदाय आहत भएको भएता पनि यसप्रकारका विपद्का बेला बालबालिकाहरू थप जोखिममा पर्ने गरेका छन् । यसर्थ विपद्बाट उद्धार, राहत तथा पुनस्र्थापन र मनोसामाजिक परामर्शका बेला बालबालिकाहरूलाई प्राथमिकतामा राख्न स्थानीय, प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्दछौं । विपद् पछिको अवस्थामा बालबालिका विशेषगरी बालिका÷किशोरीहरूको बेचबिखन तथा ओसारपसार हुने, उनीहरू उपेक्षामा पर्ने, बालबालिका विरुद्धका हिंसाका घटनामा वृद्धि हुने जस्ता बालअधिकार हनन्का घटनाहरू बढ्न जाने सम्भावना रहने भएकाले बालबालिकाको संरक्षणको सवालमा पनि सचेत रहन सरकारहरू तथा सम्बद्ध पक्षको ध्यान आकृष्ठ गर्दछौं ।


कुमार भट्टराई
प्रवक्ता

मितिः २०७८ कार्तिक ८ गते