काठमाडौं, मिति २०७१ साल असोज २४ गते तेस्रो अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा बालिका शक्ति राष्ट्रिय कार्यक्रमका साझेदार संस्थाहरु सिविन–नेपाल, प्लान–नेपाल, महिला सशक्तीकरण समाज नेपाल (इडब्ल्युएन) र नेपाल वातावरण पत्रकार समूह (नेफेज) द्वारा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरियो । माननीय उप–प्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बालिका प्रतिनिधि अनिता बि.क, राष्ट्रिय योजना आयोगका माननीय सदस्य विमला राई पौडेल, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्याल तथा प्लान नेपालका राष्ट्रिय निर्देशक मतियास ब्राइनेसनले बालिकाको संरक्षणका बारेमा मन्तव्य राख्नु भएको थियो ।

बालिका शक्ति राष्ट्रिय कार्यक्रमका अध्यक्ष एवम्सिविन–नेपालका अध्यक्ष माधव प्रधानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुादै बालिका प्रतिनिधि अनिता वि.क.ले हाम्रो समाजमा बालिकाहरु संरक्षित नरहेको बताउनु भएको थियो । मन्तव्यका क्रममा प्रमुख अतिथि माननीय उप–प्रधान तथा गृहमन्त्री बामदेव गौतमले बालिकाहरुको संरक्षणका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहााले बालिका संरक्षणमा आफ्नो ऐक्यवद्धता एवम्प्रतिवद्धता रहेको व्यहोराको प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गर्नु भएको थियो ।

मन्तव्यकै क्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य विमला राई पौडेलले बालिकाहरुको सशक्तीकरण एवम्संरक्षणमा बाधाका रुपमा रहेका कारणहरुको पहिचान गरी समाधानमा लाग्नु पर्ने बताउनु भएको थियो भने बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले बालिकाहरुको सशक्तीकरणका लागि मन्त्रालयबाट भएका कार्यहरुका बारेमा जानकारी दिनु भएको थियो । यसैगरी प्लान नेपालका राष्ट्रिय निर्देशक मतियास ब्राइनेसनले आफ्नो मन्तव्यका क्रममा बालिका अभियानका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा सिविन–नेपालका कार्यकारी संयोजक सुम्निमा तुलाधरले स्वागत मन्तव्य राख्नु भएको थियो भने बालिका शक्ति राष्ट्रिय संयोजन समितिका राष्ट्रिय संयोजक एवम्सिविन–नेपालका कार्यक्रम संयोजक रश्मिला
शाक्यले बालिका शक्ति अभियानबारे जानकारी गराउनुभएको थियो ।

औपचारिक कार्यक्रमको अगाडि सिविन शान्ति बालिका गृह पशथलीका बालिकाहरुले राष्ट्रिय गान तथा खुला आकाश नृत्य प्रस्तुत गरेका थिए भने अविरल समूहका कलाकारहरुले “बालिकाहरुलाई सशक्त पारौं: बालिकामाथि हुने हिंसाको अन्त्य गरौं” भन्ने थिममा माइम प्रस्तुत गरेका थिए ।

कुमार भट्टराई

प्रवक्ता