किशोरीहरुको सशक्तिकरण तथा हकअधिकारको लागि गठन गरिएको समग्र राष्ट्रिय किशोरी सञ्जालको दोस्रो राष्ट्रिय सम्मेलन मिति २०७१ असार ८ र ९ गते सम्पन्न गरेका छौं । उक्त दुईदिने सम्मेलनमा देशको पांचवटै विकास क्षेत्रको प्रतिनिधित्व रहनेगरी १५ वटा जिल्लाहरुबाट हामी ६० जना किशोरीहरु जम्मा भएका थियौं । यी दुई दिनमा विभिन्न जिल्लाहरुमा गठन भई सक्रिय रहेका जिल्ला स्तरीय तथा गाविस स्तरीय किशोरी सञ्जालहरुले गरेका विभिन्न गतिविधिहरुको समीक्षा समेत गरेका थियो ।  

हामीले समग्र राष्ट्रिय किशोरी सञ्जालको प्रजातान्त्रिक अभ्यासका माध्यमद्वारा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी तुलसी थापाको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय सञ्जाल पुनर्गठन गरेका छौं । यसका साथै किशोरी उमेर १९ वर्ष पार गरेका यस सञ्जालका सक्रिय सदस्यहरुलाई समेटेर अम्बिका नेपालीको अध्यक्षतामा १७ सदस्यीय सशक्त युवा सञ्जाल पनि गठन गरिएको छ । यी दुवै सञ्जालमा देशको ७५ वटै जिल्लाको प्रतिनिधित्व रहोस् भन्ने हाम्रो चाहना रहेको छ ।  

हाम्रो यस महत्वपूर्ण सम्मेलनको अवधिमा हामीले हामी बालबालिका तथा किशोरकिशोरीहरुका पक्षमा रहेका विद्यमान नीति तथा कानुनहरुको समीक्षा गर्नुका साथै सामाजिक रितिथिति तथा चालचलनका आधारमा भोग्नु परिरहेका भेदभाव तथा समस्याहरु तथा नयां चुनौतिहरु र अवसरहरुका बारेमा पनि चर्चा ग¥यौं । हामी किशोरीहरुले आ–आफ्नो क्षेत्रमा बालबालिका तथा किशोरकिशोरीहरुका विरुद्धमा भैरहेका सामाजिक कुरितिहरुका विरुद्ध सामाजिक जागरणका लागि गरिरहेका प्रयास तथा सफलताका कथाहरुका बारेमा पनि छलफल ग¥यौं ।  

यीनै समीक्षा तथा छलफलका आधारमा निकालिएका निचोडहरुलाई समेटी सम्बन्धित निकायहरुको ध्यान आकर्षण गर्ने उद्देश्यकासाथ हामीले यो अपिल पत्र तयार गरेका छौं ।  

 हाम्रा सरोकार तथा अपिल यस प्रकार रहेका छन्ः  

१)  नयां बन्ने सम्बिधानमा बालबालिका तथा किशोरकिशोरीका बांच्न पाउने, संरक्षण, विकास तथा समान सहभागिताको अधिकारहरुलाई सुनिश्चित गरियोस् ।  

२)  नागरिकतामा आफ्नो उमेर बढाएर कामको खोजीमा किशोरीहरु पनि विदेश पलायन हुने क्रम बढ्दो  छ । यसको रोकथाममा आवश्यक कदम चालियोस् ।  

३)  हामी मध्ये कतिपय बालगृहमा हुर्किएका किशोरीहरुले विभिन्न पारिवारिक कारणबाट नागरिकता पाउनबाट वञ्चित भैरहेका छौं । यसका लागि आवश्यक कदम चालियोस् ।   

४)  बालबालिका तथा किशोरकिशोरीहरुका पक्षमा थुप्रै कानुनी व्यवस्थाहरु रहेका छन् तर तिनीहरुलाई व्यवहारमा उतार्ने पक्ष भने फितलो रहेको छ । तसर्थ विद्यमान कानुनहरुलाई व्यवहारमा उतारियोस् । 

५)  मानव बेचबिखन, ओसारपसार तथा बलात्कार लगायत यौन दुव्र्यवहार जस्ता अपराधिक गतिविधिहरुबाट किशोरीहरु विशेष रुपमा प्रताडित रहेका छन् । यस कार्यमा संलग्न पीडकलाई कडा कार्वाही गरियोस्, राजनीतिक संरक्षण नदिइयोस्, फास्ट ट्र्याक कोर्ट बनाइयोस् र देश भरी पीडित किशोरीको संरक्षण, उचित मनोसामाजिक परामर्श तथा क्षतिपूर्तिको व्यवस्था गरियोस् । 

६)  हामी किशोरीहरुको सुरक्षा लागि उचित व्यवस्था गरीनु पर्दछ । हामी किशोरीहरु सार्वजनिक स्थल र सवारी साधनहरुमा दुव्र्यवहारमा पर्ने गरेका छौं । यसबाट हाम्रो हिडडुलको अधिकारमा समेत नकरात्मक असर परिरहेको छ । यसको रोकथामका उपायहरु अवलम्बन गरियोस् । हामी कतिपय अवस्थामा सुरक्षाकर्मी प्रहरीहरुबाट समेत अपमानित तथा दुव्र्यवहारमा पर्ने गरेका छौं । यसको रोकथामका लागि प्रहरी तथा सुरक्षा संगठन भित्र सचेतना अभियान लगायत अन्य उपायहरु अवलम्बन गरियोस् ।  

७)  किशोरीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनको लागि सामाजिक तथा आर्थिक शिक्षा दिनुका साथै जीवनस्तर उकास्ने खालका सीप तथा तालिमको व्यवस्था गरी उद्यमशील बन्ने अवसरहरु प्रदान गरियोस् । 

८)  किशोरावस्थामा हाम्रो स्वास्थ्यसंग सम्बन्धित विशेष आवश्यकताहरु हुने हुंदा किशोरकिशोरीहरुको निम्ति सर्वसुलभ स्वास्थ्य सुविधाको व्यवस्था गरियोस् । 

९) महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र राष्ट्रिय योजना आयोग द्वारा बनाइएको किशोरकिशोरीहरुको राष्ट्रिय कार्ययोजनालाई व्यवहारमा उतार्न उचित स्रोत साधनको व्यवस्था   गरियोस् । 

१०)  हामी किशोरीहरु आ–आफ्नो क्षेत्रमा व्यक्तिगत तथा संगठित रुपमा जन्मदर्ता अभियान, विद्यालय भर्ना अभियान, सूर्ती तथा मदिरा मुक्त गाउं र शहर एवं बालिका मैत्री विद्यालय बनाउने अभियान, खुलादिशा मुक्त क्षेत्र बनाउने अभियानमा सक्रिय हुनुका साथै बालविवाह तथा मानव बेचबिखन विरुद्ध पनि उत्तिकै सक्रिय रहेका छौं । हामीलाई समाज परिवर्तनका खम्बाहरुका रुपमा स्वीकार गरियोस् र हामीसंग सम्बन्धित सबै नीति, कानुन तथा निर्णय प्रकृयामा सहभागी हुने सहज वातावरण निर्माण गरियोस् ।     

धन्यवाद ।