मिति २०७१ जेष्ठ १ गते 

मागहरु पूरा नभएसम्म महिला मानवअधिकार रक्षकहरुको अगुवाईमा धर्नाको घोषणा गर्दै सम्पन्न विशाल र्यालीमा विद्यार्थी संगठनका नेता, मानवअधिकारकर्मी र नागरिक समाजको  ऐक्यबद्धता  ।

महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संञ्जालका उपाध्यक्ष विमला लामाले कोणसभाको शुरुवातमा बोल्नुहुदै, शान्ति, न्याय तथा कानुनमन्त्री नरहरी आचार्यज्यूले महिला मानवअधिकार रक्षकहरुले अघि सारेका मागहरुको सुनुवाइका लागि गर्नुभएको छलफलको पहललाई सकारात्मक लिदै हामीले शान्तिपूर्ण र्याली गरि लचिलो भएको भन्दै नत्र आजको दिन चक्काजाम गरी सरकारले सुन्नैपर्ने दिनको रुपमा परिणत गर्न सकिने कुरा भन्नुभएको थियो ।
विशाल आन्दोलित महिलाहरुलाई सम्बोधन गर्दै मानवअधिकारकर्मी गौरी प्रधानले भन्नुभयो ँमहिला मानवअधिकाररक्षकहरुको राष्ट्रिय संञ्जालले लामो समयदेखि निरन्तर अगुवाई गर्दै बलात्कार रयौन हिंसाविरुद्घको यो अभियान जनअभियान हो ।” ँजनता र आम नागरिकको सरोकारको विषय हो । के महिला, के पुरुष, के युवा, के बालबालिका यो सबैको मुद्दा हो, किनभने कस्को घरमा छोरी छैनन्, महिलाहरु छैनन् ।” हामीले प्रहरी प्रतिवेदन हेर्दा हरेक दिन महिला र बालिकाहरु यौनहिंसा र बलात्कारमा परेका छन् यस जघन्य अपराधविरुद्घको यो अभियानमा महिलामात्रै होइन सम्पूर्ण पूरुषहरु पनि जूट्न जरुरी छ । सम्पूर्ण मानवअधिकारकर्मी र नागरिकहरुलाई आफ्नो सरोकारको विषय बनाउन आव्हन गर्दछु । भन्दै गौरी प्रधानले अगाडि भन्नुभयो ँहाम्रो देशमा न्यायको पहुाचमा कानुनी प्रक्रिया, अनुसन्धान र अदालती प्रक्रिया तिनैवटा अप्रभावकारी छ । त्यसमाथि राजनीतिक हस्तक्षेपले उल्टै पीडकलाई सहयोग पुगेको छ ।”