कैलाली जिल्लाको टिकापुरमा मिति २०७२ भाद्र ७ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा एकजना नाबालक सहित केही सुरक्षाकर्मीको हत्याबाट हामी स्तब्ध भएका छौं र यस मानवता बिरोधी निन्दनीय घटनाको भत्सर्ना गर्दछौं । दुईवर्षे नाबालक टेकबहादुर साउदको गोली हानी निर्मम हत्या गरिनु नितान्त अमानवीय र अपराधिक कार्य हो । यस अपराधिक कार्यमा संलग्न दोषीहरु उपर हदैसम्मको कानुनी कार्वाही गरी पीडित परिवारलाई उचित परिपुरण उपलब्ध गराउन हामी सरकार समक्ष जोडदार माग गर्दछौं । 

हाल देशका विभिन्न भागमा प्रादेशिक सिमांकनको विषयमा देखिएको असन्तुष्टी क्रमशः हिंसात्मक बन्दै जानु सबैको चिन्ताको विषय भएको छ । यस क्रममा आफ्ना मागहरु शान्तिपूर्ण तरिकाबाट उठिरहेको अवस्थामाअस्थिरता र शान्ति नचाहने तत्वबाट हिंसा फैलन सक्ने तर्फ सबैको ध्यान जानु आवश्यक छ । वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षहरुलाई आग्रह गर्दछौं ।

जुनसुकै नाममा किन नहोस, समाजमा फैलने हिंसाबाट जहिले पनि बालबालिका विशेष रुपमा प्रभावित हुने गरेका छन् । देशमा घटिरहेका पछिल्ला घटनाहरुले पनि यसै कुरालाई पुष्टि गरिरहेका छन् । तसर्थ आ–आफ्ना मागहरु राखेर आन्दोलन गरिरहँदा समाजिक सद्भाव कायम राख्नर बालबालिकाको संरक्षणमा विशेष चासो दिनहामी सबै माहार्दिक अपिल गर्दछौं ।

अन्तमा अनाहकमा हत्या गरिएका दुइवर्षे बालक टेकबहादुर लगायत मृत्यु वरण गर्ने सबैजन प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।


कुमार भट्टराई
प्रवक्ता
सिविन नेपाल

मितिः २०७२ भाद्र ९गते