३ वैशाख २०७०, हेटौंडा
भारतको बगाहा गा. वि. स.वार्ड न. १४ सितामणिका ३ बालकलाई होटलमा काम गर्न काठ्माण्डौा लैजाादै गर्दा हेटौाडा बाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
बालकहरुका परिवार बोलाएर शनिबार सिविन बाल हेल्पलाइनले बालकहरु परिवारको जिम्मा लगाएको हो । भारतीय नागरिक बद्रि शाह र राकेश शाहले होटलमा काम गराउनका लागि मासिक रु. दुई हजार दिने भनी परिवारको स्वीकृतिमा बालकहरु काठ्माण्डौा स्थित विष्णुनाथ स्वीट हाउस होटलमा लैजान लाग्दा सिविनको पहलमा प्रहरीद्वारा राति हेटौाडा बसपार्कबाट ३ बालकलाई उद्धार गरिएको थियो साथै बालकहरु ओसारपसार गर्ने दुई भारतीय नागरिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो । उद्धार गरिएका बालकहरुको संरक्षण एवम् पारिवारिक पुर्नमिलनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा निज बालकहरु बाल हेल्पलाइनलाई जिम्मा दिइएको हेल्पलाइनले जनाएको छ ।