कृष्ण अधिकारी नेपालगन्ज, वैशाख ३ 

नेपालगन्ज नाका हुँदै भारततर्फ  लैजाँदै गरेका २४ जना नेपाली बालकलाई बाँके प्रहरीले नेपालगन्जको जमुनाहाबाट उद्धार गरेको छ।

भारतको हिमान्चल प्रदेशको चौनतारा गुम्बामा लगेर लामा शिक्षा पढाइदिने प्रलोभन देखाएर काठमाडौँ हुँदै दिल्ली चल्ने बसबाट २४ जना बालकहरुलाई मकबानपुरका दोमन लामा  र रसुवाका कर्किन तामाङले भारततर्फ लैजान लागेका थिए।

जोखिमपुर्ण अबस्थमा बालकहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न लामा र तामाङलाई बाँके प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ। भारततर्फ लैजाँदै गरेको अबस्थामा उद्धार गरिएका बालकहरु ६ बर्ष देखि १४ बर्ष सम्मका छन्। उनीहरु मकबानपुर, सर्लाही, काभ्रे र नुवाकोट जिल्लाका हुन्।

उद्धार गरिएका बालकहरुले आफुहरु अभिभाबकहरुकै सहमतिमा लामा शिक्षा पढ्नका लागि भारत जान लागेको बताए पनि आफूहरुलाई भारततर्फ लैजाने मानिसलाई भने नचिनको बताएका छन। साना नाबालकहरुलाई जोखिमपुर्ण अबस्थामा भारत तर्फ लैजान लागेको भेटिए पछि प्रहरीले उद्धार गरेको हो । उद्धार गरिएका बालकहरुलाई सिबिन बाल हेल्प लाईनमा राखिएको छ । ती बालकहरुलाई उनका आफन्तको जिम्मा लगाइने सिबिन नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले बताए।

पछिल्ला दिनहरुमा बौद्ध धर्मालम्बी समुदायका बालबालिकालाई लामा शिक्षा पढाईदिने प्रलोभन देखाएर भारत लैजाने घटना बढ्दै गए पछि प्रहरीले सिमा नाकामा कडाइका साथ चेक जाच गरि रहेको बाकेका प्रमुख जिल्ला अधिकारी जीबन प्रसाद ओलीले बताए।

जोखिम पुर्ण अबस्थमा बाल बालिकाहरुलाई भारत लैजाने कार्यलाई नियन्त्ररण गरी र त्यस्तो कार्यमा संलग्नहरु माथि कारबाही गरिने प्रजिअ ओलीले बताए।

सन २०१४ मा मात्रै ६९ जना बालबालिकाहरुलाई बाकेको जमुनाहा प्रहरीले उद्धार गरि सकेको छ ।

दलाई लामाका समर्थकहरुले भारतका बिभिन्न स्थानमा संचालन गरेका बौद्ध गुम्बा लगेर बालबाकिाहरुलाई पढाउने र भबिश्यमा उनीहरुलाई फ्रि तिब्बत गतिबिधिलाई संलग्न गराउने  उद्देश्यले नेपाली बालकाहरुलाई भारत तफै लैजाने गरिएको जानकारहरु बताउँछन्।

Source: www.setopati.com (April 16, 2014)