काठमाडौं, मंसिर १७ । बाल अधिकारका क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था सिविन–नेपालले २६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा महिला तथा बालबालिका मन्त्री ऋद्धिबाबा प्रधानले सरकारले बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रशस्त लगानी गरिरहे पनि हजारौ बालबालिका अझै अवसरबाट बञ्चित रहेको बताइन् । 

उनले नीतिगत रुपमा बाल अधिकारको प्रबद्र्धन र संरक्षणमा नेपाल धेरै अघि बढिसके पनि कार्यान्वयन तहमा कमजोरी रहेको औंल्याइन् ।

सिविनका संस्थापक अध्यक्ष गौरी प्रधानले बालबालिकाको अधिकार सुनिश्चित गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

Source: http://imagechannels.com