सिविन नेपालले वल्र्ड भिजन नेपालसंगको साझेदारीमा संचालित BASE परियोजना : निः शुल्क रोजगारमुलक तालिमका लागि आवेदन आह्वान

सुरक्षित विद्यालय र रोजगारीमा पहुँच  (Building access to safe School and Employment (BASE) परियोजनाको कार्यक्षेत्र नागार्जुन न.पा वार्ड नं १,२, ३ ,७, ८, ९, १० र ११ मा बसोवासको प्रमाण भएका  १८ वर्ष देखि ४० बर्ष भित्रका नेपाली नागरिकबाट निम्न बमोजिम शीपमुलक तालिमको लागि निःशुल्क आवेदन आह्वान गरिन्छ ।

प्रमुख शीपमुलक तालिमहरु (Category A) अन्य शीपमुलक तालिमहरु (Category B)
मोबाइल तथा कम्प्युटर मर्मत प्लम्विङ
ECD  तथा मन्टेस्वरी कुक (बेकरी सहित)
एड्र्भान्स पार्लर डकर्मी (Masson)
ड्राइभिङ जिप्सन बोर्ड  तथा भित्री सजावट (Jypsum Board Fitting)
सिलाई र बुटिक ट्रस फिटिङ
इलेक्ट्रीसियन (वाइरिङ सहित)    

 

  • आर्थिक अवस्था कमजोर भएका, दलित, जनजाति तथा महिलालाई विशेष ग्राह््यता दिईने छ ।
  • सिविन नेपाल र वल्र्ड भिजन बाट गठित वचत समुह बाट प्रतिनिधित्व हुने घरपरिवार तथा समुह सदस्य तथा अपाङ्गता भएकालाई लाई प्राथमिकतामा राखिने छ ।
  • नागार्जुन नगरपालिका १, २, ३, ७, ८, ९, १० र ११ का वडा सचिव÷ यी वडाहरुका वडा नागरिक मञ्चको संयोजकर बेस परियोजनाको स्थानीय समन्वय तथा अनुगमन समिति, रामकोट, भिमढुङ्गा वा इचंगुको रख्क्ीब् समुह अध्यक्ष मध्ये कुनै एकको सिफरिस अनिवार्य ।
  • माथि उल्लेखित विषय भन्दा बाहेकमा पर्न आएका आवेदन माथि कुनै कारवाही हुने छैन ।
  • आवेदन कार्तिक २३, २०७३ बाट मंसिर २, २०७३ गते (१० दिन मात्र) भित्र नार्गाजुन नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा परियोजनाको संकलक मार्फत पाइनेछ र सोही स्थानमा तोकिएको मिति भित्र आवेदन पुरा भरि बुझाउनु पर्नेछ ।