प्रकाशित मिति २०७३।०५।२१ गते

सिविन–नेपालले सुरक्षित विद्यालय र रोजगारीका लागि पहुच (Building Access to Safe School and Employment-BASE) नामक परियोजना काठमाण्डौं जिल्लाको नागार्जुन नगरपालिकामा (तत्कालिन ईचंगुनारायण, रामकोट, भिमढुङ्गा गा.वि.स.) वल्र्ड भिजन इन्टरनेशनल संगको साझदारीमा संचालन गरिरहेको छ । परियोजनालाई नागार्जुन नगरपालिकाको ९ र १० वडाहरुमा (साविकको भिमढुङ्गा गा.वि.स.) केन्द्रीत रहि काम गर्ने १ (एक) जना सहजकर्ता (Facilitator) आवश्यक परेको हुदाँ इच्छुक, योग्य र अनुभवी नेपाली नागरिकबाट निम्न बमोजिम आवेदन आव्हान गरिन्छ ।

पद: सहजकर्ता (Facilitator)

संख्या : १ (एक)

योग्यता: न्यूनतम प्रविणता प्रमाण पत्रतह वा १२ कक्षा उतिर्ण गरेको ।

उमेरको हद: २२ बर्ष पुरा गरि ३५ बर्ष ननाघेको ।

निबेदन दिन योग्य: नागार्जुन नगरपालिकाको ९ र १० वडाहरुको (साविकको भिमढुङ्गा गा.वि.स) नागरिक मात्र ।

अनुभव: समुदाय परिचालन, वचत तथा जीवन उपयोगी सीप सम्बन्धी २ बर्षको कार्य अनुभव भएको । (मोटरसाइकल चलाउन जान्नेलाई थप प्राथमिकता)

सेवा सुविधा:  संस्थाको नियम अनुसार ।

निवेदनको निम्ति 

आवश्यक कागजपत्रहरु: निवेदनको साथमा व्यक्तिगत विवरण ९अख०, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपि, तालिमको प्रमाण पत्रको प्रतिलिपि ।

निवेदन दिने अन्तिम मिति: २०७३।०५।२६ गते ५ बजे सम्म ।

निवेदन दिने स्थान: सिविन नेपालको केन्द्रीय कार्यालय, रविभवन, कालिमाटी (दक्षिण कोरियाली राजदुतावास अगाडि) काठमाडौं वा This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा इमेल गर्न सक्नुहुनेछ ।

(नोटः आदिवासी, जनजाती, दलित, महिला, विपन्न तथा स्थानीयलाई प्राथमिकता दिइने छ ।)

छानिएका (क्जयचतष्कित) मा परेका आवेदकहरुलाई मात्रै खबर गरिने छ । कर्मचारी छनौटको सम्पूर्ण अधिकार सिविन नेपालमा निहित रहनेछ ।